Section 12
अपाङ्गता भएका बालबालिकाको विशेष अधिकार
(१) अपाङ्गता भएका बालबलिकालाई तोकिए बमोजिम विशेष संरक्षणको व्यवस्था गरिनेछ।
(२) अपाङ्गता भएका प्रत्येक बालबालिकालाई आफ्नो मान प्रतिष्ठा सुनिश्चित गर्ने, आत्मनिर्भरता प्रवर्द्धन गर्ने, समाजमा सक्रियरूपले सहभागी हुने तथा सम्मानजनक रूपमा बाँच्न पाउने अधिकार हुनेछ।
(३) अपाङ्गता भएका बालबालिकालाई विशेष हेरचाह पाउने र समाजमा घुलमिल हुन तथा आफ्नो व्यक्तिगत विकासको लागि शिक्षा, तालीम, स्वास्थ्य स्याहार सेवा, पुनर्स्थापना सेवा, रोजगारीको तयारी तथा मनोरञ्‍जनका अवसर प्राप्त गर्ने अधिकार हुनेछ।
(४) अपाङ्गता भएका बालबालिकालाई सार्वजनिक सेवा, सुविधामा समान पहुँच र उपभोगको अधिकार हुनेछ।